११ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमा क्षेत्र, प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त

काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ। 

आज बिहान करिब छ बजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो। प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा  ७.१ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन्। उनले आज बिहान सामाजिक सञ्जालमा लेख्दै सबैलाई सतर्क रहन र सुरक्षित रहन आग्रह गरेका छन्। उनले भनेका छन्, 'हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।'

प्रकाशित: २३ पुस २०८१ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App