२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै राहदानी फिर्ता गरेका हुन्।

हाइटी ड्रोन आक्रमण : १२ सय ४३ जनाको मृत्यु भएको दाबी

हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणमा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ।

संसदमा ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संसद्मा ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्ने बताएका छन्।

पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत

काठमाडौं क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो।

गीत गाउँदा स्टेजमै किन रोइन् सुनिधि ?

७ मार्चमा भारतको लखनउको कूलब्रीज रिसोर्ट्समा आयोजित कन्सर्टमा स्वास्थ्य समस्या हुँदा हुँदै पनि कन्सर्टमा उपस्थित भएकी थिइन्। गीत गाउँदा गाउँदै घाँटीमा समस्या भएर स्वर ननिस्केपछि उनी गीत गाइरहेकै बेला स्टेजमै रोएकी हुन्।

प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारमै बस्ने

सहरी विकास तथा भवन निर्माण विभागले अब बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बसाउन सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनभित्रै एउटा मुख्य हल तयार हुनै लागेको औपचारिक जानकारी गराएको छ।

खतरनाक तहमा काठमाडौंको वायु प्रदूषण

विश्वका प्रमुख शहरहरूको वायु गुणस्तर प्रत्यक्ष निगरानी गर्ने संस्था आईक्यू एयरका अनुसार बिहान करिब साढे ९ बजे काठमाडौंको एक्यूआई २०६ मापन गरिएको छ।

चुनावमा हारजित हुनु र सामाजिक सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन : सुनिल शर्मा

मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शर्माले आफू आबद्ध अस्पतालले यसअघि दिँदै आएको स्वास्थ्य सेवा बन्दको घोषणा गरेका सार्वजनिक भएको थियो। यसमा कुनै सत्यता नरहेको उनले सामाजिक संजालमार्फत प्रष्ट पारेका छन्।

कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड सहभागी हुने

चलचित्र विकास बोर्डले अगामी कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउँदैछ।

बालेन्द्रलाई भुटान र बंगलादेशको पनि बधाई

उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मत ल्याउँदै निर्वाचित भएपछि सामाजिक संजालमार्फत बालेन्द्र र लामिछानेलाई बधाई तथा शुभकामना दिएका हुन्।

धनुषा-१ मा यादव विजयी घोषित

यादवले सात हजार ४२८ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत ल्याए। यद्यपि रास्वपाका उम्मेदवार साहले २० हजार ९१६ मत ल्याए पनि निर्वाचनअघि नै उम्मेदवारी खारेज भएपछि आयोगले त्यसको गणना गरेको छैन।

इरानले भन्यो : अब अमेरिकासँग वार्ताको कुनै सम्भावना छैन

इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खराजीले अब अमेरिकासँग वार्ताका लागि कुनै ठाउँ नभएको बताएका छन्।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ देखि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्