पेट्रोल तीन रुपैयाँ सस्तियो, डिजेल र मट्टितेल पनि घट्यो
निगमले बिहीबार १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ।

