३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पोखरामा रास्वपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ।

अदालत जानुअघि रविले भने: केपी ओली मुक्त देश बनाउन सबै जुट्नुस्

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई आग्रह गरेका छन्।

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

रवि लामिछाने पक्राउपछि भिडको राजनीतिमा रास्वपा

गगनले सभापति लामिछाने निर्दोष देखिए राजनीति नगर्ने बताएका थिए। सोही कारण सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। समितिको सिफारिसका आधारमा लामिछानेपक्राउ परेपछि रास्वपा गगनप्रति उग्र देखिएको हो।

लामिछानेमाथि निष्पक्ष अनुसन्धानको अपेक्षा

सहकारीबाट रकम लैजाँदा र खर्च गर्दा लामिछाने गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए। तर, समितिका सदस्यसमेत रहेका रास्वपा सांसद शिशिर खनालले प्रतिवेदनले लामिछानेलाई निर्दोष साबित गरेको बताएका थिए।

रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: 'क्लिनचिट' चलचित्र फ्लप भयो, 'प्रतिशोध' नयाँ मञ्चन

नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि 'क्लिन चिट र सफाइ'चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् ।

रवि लामिछाने पक्राउ

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

रविविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ।

‘रवि लामिछाने आफैँ पक्राउ दिँदै, सडक मार्ग हुँदै पोखरा जाने’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने प्रहरीले पक्राउ गरेपछि सडक मार्ग हुँदै पोखरा जाने भएका छन्।

सभापतिको गिरफ्तारी सहज रूपमा दिन्छौँ, प्रतिकार गर्दैनौँ: मनिष झा

उनले भने, 'हामी कानुनी राज्यको सम्मान गर्छौँ। हामी सहज रूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ।'

लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पक्राउ पुर्जी जारी पछि रविको आक्रोशित प्रतिक्रिया

सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले फेसबुकमा आक्रोशित प्रतिक्रिया दिएका छन् ।

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

रविलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने निर्णय विपक्षी दलहरुले गरेका छन्।

विपक्षी दलको बैठकमा दाहालले भने: रविलाई पक्राउ गर्ने सरकारको रणनीति छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्