९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

साफ यू-२० च्याम्पियनसिप: उद्घाटन खेलमै भुटानमाथि नेपालको रोमाञ्चक जित

बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ।

माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २-१ को जित हासिल गरेको हो। नेपालको जितमा सुजन डंगोल र सुवास वमले समान एक-एक गोल गरे। यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए।

खेलको पाँचौँ मिनेटमा सुजनको गोलले नेपाललाई पहिलो अग्रता दिलाएको थियो। त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता दिलाए। खेलको ८३औँ मिनेटमा भुटानका धेनदुपले गोल गर्दै खेललाई २-१ तर्फ अगाडि बढाए। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि २-१ को जित दर्ता गरायो।

प्रकाशित: ९ चैत्र २०८२ २२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App