९ चैत्र २०८२ सोमबार
image/svg+xml
अपराध

१० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी बौद्धबाट पक्राउ

टेलिग्राममार्फत नाबालिकाको चरित्रहत्या गर्ने युवक समातिए

नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान टेकुको प्रहरी टोलीले सो उद्योगमा दोलखा जिल्ला अदालतबाट २०७४ साल पुसमा १० वर्ष कैद र एक लाख १८९ रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा शैलुङ गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई आज पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले फरार रहेका तामाङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टले बताए।

यस्तै, नेपाल प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण गरेको आरोपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षीय अशोक लामालाई आज पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले पक्राउ परेका लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए। रासस

प्रकाशित: ९ चैत्र २०८२ २२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App