१० मंसिर २०८१ सोमबार
image/svg+xml

आजदेखि निःशुल्क रहेन धरहरा, प्रति घण्टा ५००० सम्म शुल्क लाग्ने

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रति घण्टा पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ।

राष्ट्रिय प्रसारणमा थपियो १६८ मेगावाट विद्युत्

तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर नेपालमा प्रदर्शन भएको चलचित्र शाम्बाला माथिल्लो मुस्ताङको शेर्पा समुदायको कथामा आधारित छ।

जुनार उत्पादन बढेपछि किसान हर्षित

यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो।

युनाइटेडमा परीक्षा दिन अमोरिम तयार

पोर्चुगिज प्रशिक्षक रुबेन अमोरिमले आइतबार इप्सविचमा पहिलोपल्ट म्यानचेस्टर युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्।

चेल्सीको रोमाञ्चक जित,टोटनहमसँग म्यानचेस्टर सिटीको लज्जास्पद पराजय

म्यानचेस्टर सिटीले लज्जास्पद पराजय व्यहोरेको छ। गएराति भएको खेलमा सिटी टोटनहमसँग ४–० ले पराजित भएको हो।

कानुनबिनै अतिविशिष्टलाई जथाभाबी सामान

अति विशिष्ट ६ पदाधिकारी, उनीहरूका परिवार तथा मन्त्री निवासलाई उपलब्ध गराउने सुविधा र सामग्रीबारे बनाइएको कानुनको मस्यौदा १३ वर्षदेखि अलपत्र छ।

भारतीय तरकारी सस्तो भएपछि बिक्न छोड्यो नेपाली तरकारी, समस्यामा किसान

नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ। भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहता बताउँछन्।

महाराष्ट्रमा भाजपा नेतृत्वको गठबन्धन दुई तिहाई मतसहित बिजयी

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासन सुरु भएको प्रतिक्रिया दिएका छन्।

आजका लागि विदेशी मुद्राको विनिमय दर कायम

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ।

देशभर पश्चिमी वायुको प्रभाव कायम, हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ।

ब्याजदर व्यवस्थापनको सकस

आफ्नो पुँजीको तुलनामा कैयौँ गुणा निक्षेप लिने र सोही रकम लगानी गरेर नाफा आर्जन गर्ने भएकाले यस्ता संस्था तुलनात्मक रूपमा बढी संवेदनशील हुन्छन्।

खुसी भ्रममा भुटान

भुटानमा विकासको मापन कुल गार्हस्थ्य उत्पादन (ग्रस डोमेस्टिक प्रोडक्ट–जिडिपी) भन्दा कुल राष्ट्रिय खुसी (ग्रस नेसनल ह्याप्पिनेस–जिएनएच) बाट गरिन्छ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शनिबार मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्