२३ आश्विन २०८१ बुधबार
image/svg+xml

हुलाक बचाउने म्याग्दी मोडल

म्याग्दीको हुलाक कार्यालयका कर्मचारी यतिबेला चिठीपत्र मात्र बोक्दैनन्। उनीहरूका झोलामा गुन्द्रुक हुन सक्छ। मोबाइल हुन सक्छ। कपडा हुन सक्छ। अनि अन्य अत्यावश्यक सामग्री पनि हुन सक्छ। जुन पठाउनेबाट लिएर पाउनेसम्म ढुवानी/पैठारी गरिदिन्छन्। हुलाकीको फेरिएको यस्तो चर्या देखेर स्थानीय दंगै पर्न थालेका छन्।

बङ्गलादेशमा सुधारअघि चुनाव हुँदैन: युनुस

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताएका छन्।

रेडक्रसद्वारा विपद् प्रभावित १२ सय ७३ परिवारलाई राहत सामग्री वितरण

नेपाल रेडक्रसले मनसुनजन्य विपदबाटप्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ।

गृह, भौतिक र रक्षा मन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा

गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका छन्।

‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पर्याप्त मात्रामा खाद्यान्न भए पनि खाने प्रक्रिया तथा विधिका विषयमा जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण देखिएको बताएका छन्।

खराब प्रदर्शनका बावजुद टेन हाग सहज

अबको केही दिनमा पनि उनले यही किसिमको महसुस गर्छन् या गर्दैनन् भन्ने बारे हेर्न बाँकी हुनेछ। दुई हप्ताको अन्तर्राष्ट्रिय ब्रेकपछि युनाइटेड सबै प्रतिस्पर्धामा गरेर पाँच खेलमा जितविहीन छ।

बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन्।

नवरात्रको छैठौं दिन मिथिला क्षेत्रमा आज ‘बेलनौत’ विधि गरिँदै

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ।

आजदेखि मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।

मनसुनको न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा हल्का वर्षा

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

बाढी गएको एक सातापछि जब ड्रोन राहत बोकेर पुग्यो...

बाढी गएको एक हप्ता बितिसक्दा पनि राहतको पखाइमा थियो मगर गाउँ। तर यो एक हप्तामा न वडा अध्यक्ष पुगे न कुनै सङ्घसंस्था। यो अवधिमा गाउँमा अ‍ैचोपैचो गरेर खाएको बताउँछन् स्थानीय अष्टमान तमाङ ।

‘सहरी विकासमा युवाहरूको संलग्नता बढाउनुपर्छ’

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताएका छन।

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ।

स्नातकोत्तर तहको अध्यापनको लागि शिक्षक दरबन्दी थप्ने निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा शिक्षा स्नातकोत्तर तहमा नर्स तथा चिकित्सा अध्यापनको लागि शिक्षक दरबन्दी थप्ने निर्णय गरेको छ।

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्