२२ पुस २०८२ मंगलबार
image/svg+xml
अपराध

गाँजा बोकेको बोलेरोसहित दुई पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिका ३ बाट ७ सय ६३ किलोग्राम ७ सय ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडीसहित २ जना पक्राउ परेका छन् ।

शनिबार बिहान १२:३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटेको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ स्थित पैतालिस चौकबाट लागू औषध बोकेको बोलेरोसहित उनीहरु पक्राउ परेका हुन् ।

बसाहाबाट सदरमुकाम गाईघाटतर्फ आउदै गरेको को १ ज ३४५६ नं. को बोलेरो गाडी चेकजाँच गर्दा गाडीभित्र ३० बोरामा राखेको ७ सय ६३ किलोग्राम ७ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गाँजा बोक्ने गाडी चालक बेलका नगरपालिका -६ का रविनकुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका -९ का रामबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए ।

प्रकाशित: १२ पुस २०८२ १९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App