द एसेजको पाँचौ तथा अन्तिम टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ।
तेस्रो दिनको खेलको समाप्तिमा ७ विकेटको क्षतिमा ५१८ रन बनाएपछि कंगारु टोली १३४ रनको अग्रता बनाउन सफल भएको छ। क्याप्टेन स्टेभन स्मिथले नटआउट १२९ र बेउ वेब्स्टर ४२ रनमा नटआउट छन्।
घरेलु टोलीका लागि ट्रेभिस हेडले १६३ रन बनाए। मार्नुस लाबुस्चेन अर्धशतक बनाउनबाट २ रनले चुके। क्यामरुन ग्रिनले ३७ रन जोडे।
इंल्यान्डका लागि ब्रिडोन कार्सले ३, बेन स्टोक्सले २ तथा जोस टग र गाकोब बेथेलले समान एक विकेट लिएका छन्।
सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली इंल्यान्डले पहिलो इनिङ्समा ३८४ रन बनाएको थियो। जोए रुटले १६० र हेरी ब्रुकले ८४ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य नहुँदा इंल्यान्ड मध्यम स्कोरमा समेटिएको थियो।
कंगारु टोलीका लागि माइकल नासिरले ४, मिचेल स्टार्स र स्कट बोलान्डले समान २ तथा क्यामरुन ग्रिन र मार्नुस लाबुस्चेनले समान एक विकेट लिए। पाँच खेलको शृंखलामा अस्ट्रेलिया ३-१ ले अघि छ।
प्रकाशित: २२ पुस २०८२ १३:५० मंगलबार





