४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गोरखा नगरपालिका भित्रका शिक्षकले तीन महिनादेखि तलब पाएनन्

‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै अहिले त कात्तिकदेखि पुस सम्मको तलब आएको छैन’ ति शिक्षकले भने।

राष्ट्रिय परिचयपत्रका लागि गोरखाका सबै पालिकाबाट विवरण सङ्कलन

दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण सङ्कलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

प्रशासनद्धारा गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी

सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

फिल्म ‘गोरखा’ का निर्देशक रायले भने: यसको हिरो अक्षय कुमार नै हुनेछन्

कथावस्तुमा असमझदारी भएको भन्दै बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘गोरखा’ बाट पछि हटेका छन्।

गोरखा-काठमाडौँ एकीकरण पदयात्रा आजदेखि सुरु

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो।

पालुङटार सिँचाइः नहरको योजना हट्यो, डेढ अर्ब लागतमा ३५ ठाउँमा लिफ्ट सिँचाइ गर्ने

३५ किलोमिटर नहर लामो हुने हुँदा निर्माण सम्पन्न गर्न धेरै खर्च लाग्ने, किसानले प्रतिफल तत्काल पाउन नसक्ने र काम गर्न समस्या हुने भन्दै कार्यालयले उक्त योजना पनि परिवर्तन गरेको छ।

सांसदको ब्यस्तता देखाउँदै गोरखाको सातौँ जिल्ला सभा स्थगित

सांसदहरुको ब्यस्तताको कारण देखाउँदै जिल्ला समन्वय समिति गोरखाले सातौँ जिल्ला सभा स्थगित गरेको छ।

यस्ता थिए प्रधानमन्त्री दाहालका चुनावी बाचा, पुरा होलान् त गोरखावासीको आशा ?

गोरखा २ बाट प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका बाचा अहिले मतदाताले सम्झिरहेका छन्।

पृथ्वीजयन्तीको अवसरमा पुस २७ देखि माघ ७ सम्म गोरखा महोत्सव हुने

उद्योग बाणिज्य संघ गोरखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलन।

गोरखा–१ का सबै वडालाई स्ट्रेचर

गोरखा–१ प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले आफ्नो क्षेत्र पर्ने सबै वडाका लागि बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर सहयोग गरेका छन्।

गाउँमै विशेषज्ञ चिकित्सकसहित चौबीसै घण्टा स्वास्थ्योपचार सेवा

गोरखाको अजिरकोट गाउँपालिकामा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ।

ठुलो आँगनमा सालिक बनाउँदा स्थानीयको विरोध

गोरखाको ठुलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्न खनिएको खाडल मंगलवार स्थानीयले पुरिदिएका छन्। नेपाली सेनाले परेड प्रर्दशन गर्न ठुलो आँगनको बीचभागमा सालिक बनाएमा आउजाउ गर्ने सडक अवरुद्ध हुने भन्दै स्थानीयले खाडल नै पुरिदिएका हुन्।

भिमकुल सहकारीद्वारा २५ करोड भन्दाबढि ऋण लगानी

२७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष कृष्णकुमार श्रेष्ठले गत कात्तिक मसान्त सम्म २५ करोड ४३ लाख ५६ हजार पाँच सय ३३ रुपैयाँ ऋण प्रवाह भएको बताए।

गुडिरहेको जिपमा आगलागी

गण्डकी गाउँपालिका ८ स्थित बेनिघाट–आरुघाट सडकको चुल्ठेभिरमा गुडिरहेको जीपमा आगलागी हुँदा गाडी जलेर क्षतीग्रस्त भएको प्रहरी निरीक्षक सोमदास ढकालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्