१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म ‘गोरखा’ का निर्देशक रायले भने: यसको हिरो अक्षय कुमार नै हुनेछन्

कथावस्तुमा असमझदारी भएको भन्दै बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘गोरखा’ बाट पछि हटेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार कथावस्तुमा केहि समस्या भएका कारण अक्षयले फिल्म ‘गोरखा’  छाडेका हुन्।

फिल्म  ‘गोरखा’ का निर्देशक आनन्द एल रायकोले भने फिल्म जहिले बनेपनि उक्त फिल्ममा अक्षय कुमार नै हिराे रहने बताएका छन्।

यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो। फिल्म सन् १९७१ को युद्धमा आधारित थियो। मेजर जनरल कार्डोजोले ७१ को युद्धका क्रममा बारुदी सुरुङमा पाइला टेकेर खुकरीले आफ्नै खुट्टा काटेको बताइएको छ।

अक्षयले २०२१ मा ‘गोरखा’ को पोस्टर सेयर गरेर फिल्मको घोषणा गरेका थिए, जसमा उनी आर्मीको वर्दीमा देखिएका थिए। 

प्रकाशित: २२ पुस २०७९ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App