coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसदको ब्यस्तता देखाउँदै गोरखाको सातौँ जिल्ला सभा स्थगित

सांसदहरुको ब्यस्तताको कारण देखाउँदै जिल्ला समन्वय समिति गोरखाले सातौँ जिल्ला सभा स्थगित गरेको छ। पुस १३ गते बुधबारका लागि आयोजना गरिएको जिल्ला सभा हुन नसकेको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले बताए।

‘हामी त तयारीमा थियौँ, माननिय ज्यूहरुको ब्यस्तता बढ्यो, उहाँहरुको उपस्थितीमा कार्यक्रम गर्नुपर्ने भएकाले स्थगित भएको हो’ समन्वय अधिकारी पोखरेलले भने। माघ लागेपछि जिल्ला सभा गर्ने योजना भएपनि मिति भने तय भइनसकेको उनले बताए।

केन्द्रदेखि प्रदेशसम्म सरकार गठन, सांसदहरुको सपथ ग्रहण लगायतका कारण जिल्ला सभा स्थगित भएको जिसस गोरखाले जनाएको छ। जिल्ला समन्वय समितिले पुस ५ गते पत्राचार गर्दै पुस ११ र १२ गते जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम गर्ने र १३ गते जिल्ला सभा गर्ने तय गरेको थियो। सभामा गत वर्षको समिक्षा र आगामी कार्यक्रमको बारेमा स्थानीय तह, प्रदेश, संघका जनप्रतिनिधि, कार्यालयहरुबिच अन्तरक्रिया समेत हुने गर्छ। जिल्ला समन्वय समितिलेपनि आफ्ना कार्यक्रम, योजना र बजेटका बारेमा जानकारी गराउने गर्छ।  

प्रकाशित: १३ पुस २०७९ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App