५ आश्विन २०८१ शनिबार
image/svg+xml

अस्पताल प्रमुख विरुद्ध गोरखा अस्पतालका कर्मचारी आन्दोलित

गोरखा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शान्ति भुर्तेलले दुव्र्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।

जरिवाना शुल्क बढाउँदा पनि रोकिएन उत्खनन्

गोरखामा नदीजन्य सामाग्री ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न स्थानीय तहले जरिवाना रकम बढाएपनि चोरी निकासी भने रोकिएको छैन ।

पहिरोमा पुरिए दर्जनौँ पशुचौपाया

लगातारको वर्षात्ले गोठ भत्किँदा शहीदलखन गाउँपालिका ७ बुङ्कोट बनकालीमा भैँसी र बाख्रा मरेको छ

'बारपाकका बासिन्दा घरबाहिर निस्कन पनि डराएका छन्'

बारपाकमा पछिल्लो केहीदिनदेखि कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षणका बिरामी भेटिएका छन । जेठ लागेपछि अहिलेसम्म बारपाकका १३ जनाले एकैखाले लक्षणको रोगबाट ज्यान गुमाइसकेका छन् । दिनहुँ गाउँलेको ज्यान जान थालेपछि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका पदाधिकारी शुक्रबार थप स्वास्थ्यकर्मी र औषधि लिएर बारपाक पुगेका छन ।

बारपाकमा चिकित्सकको थप टोली पठाइयो

गोरखाको बारपाकमा कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा थप चिकित्सकको टोली बारपाक पठाइएको छ ।

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु वेड संचालनमा

गोरखा अस्पतालमा एचडियु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ। १५ वटा सुविधा सम्पन्न एचडियु वेड जडान गरिएको अस्पताल व्यवस्थापक लिपासा श्रेष्ठले बताईन्।

गोरखामा आइतबारदेखि काेराेना खोपकाे दोस्रो मात्रा लगाइने

कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले आगामी आइतबारदेखि लगाउने भएको छ ।

एकाएक फैलिएको संक्रमण हामीले धान्न सक्ने अवस्था छैन: गाउँपालिका अध्यक्ष

गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको बताए। ‘तत्काल त्यहाँ प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’ उनले भने। सिङ्गो गाउँभरी कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल त्यहाँ चिकित्सकसहितको टोली आवश्यक रहेको उनले बताए।

गोरखा दरबार र श्रीनाथकोटमा रोट महोत्सव सुरु

सिद्धाश्रम शक्तिकेन्द्रको आयोजनामा हरेक वर्ष चण्डिपूर्णिमाको दिन देखि ११ दिन सम्म चल्ने रोट महोत्सवको कोरोना प्रभावका कारण रौनक भने छैन।

बारपाकमा थप दुईको मृत्यु, एक सातामा ६ जनाले ज्यान गुमाए

गोरखाको बारपाकमा आज दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ।

गोरखा ब्रुअरीसहित तीन संस्थाबाट १३ टन सामग्री सहयोग

सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पिसिआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो। यसै गरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरूमा सहयोग गरेको थियो।

गोरखामा जेठ १५ सम्म निषेधाज्ञा, बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि निषेधाज्ञा जेठ १५ गतेसम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

गोरखामा २१ देखि ४० वर्षका संक्रमित धेरै

गोरखामा कोरोना संक्रमितको संख्या पाँचसय नाघेको छ । जिल्ला भित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ । संक्रमित मध्ये सबैभन्दा धेरै २१ देखि ४० वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भवनको बेडमा पाइपमार्फत सिधै लगिन्छ। बिरामीलाई प्रयोग गर्नुनपरेको बेला दैनिक २० वटासम्म ठूलो सिलिन्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। यहाँ निर्माण हुने प्लान्टले प्रतिमिनेट ८० लिटर उत्पादन गर्छ। अहिले गोरखा अस्पतालसँग भएका ४५ वटा सिलिन्डर चितवनबाट भरेर ल्याउनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्