२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:४५ अपराह्न

देउवालाई माधवको चेतावनी: स्वर्ग जान्छु भनेर मक्ख नपर्नुस् नर्क पुर्‍याइदेलान’

त्यो दिन दाहाल आनन्दले राति सुतेको अध्यक्ष नेपालले बताए। ‘दुई रातदेखि निद्रा लाग्या थिएन, के भइरहेछ ? गुपचुप भेटघाट चलिरहे छकी भनेर। कहाँ हुनु वाइह्यात हल्ला हो, ढुक्क हुनुस् भनेर सुतेको त बिहान नर्क पो पुगिएछ। अर्को त स्वर्ग गइसकेका थिए,’ उनले भने।

शंकर लेख्छन्: माओवादीको सहयोगमा कांग्रेस–एमाले ठुला भए भन्नु हास्यास्पद दाबी

यसअघि मङ्गलवार माओवादी अध्यक्ष दाहालले माओवादीले सहकार्यको राजनीति गर्दा घाटा भएको दाबी गर्दै त्यो सहकार्यबाट कहिले कांग्रेस, कहिले एमाले ठुलो भएको बताएका थिए।

दाहाल साँच्चिकै हर्क र बालेनलाई आफ्नै मान्छे ठान्छन् ?

दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।

माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : पुष्पकमल दाहाल

अध्यक्ष दाहालले पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरुमाथिको विभेदविरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने दाबी गरे ।

प्रचण्डकी छोरी मेयर बनाउन शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो: शशांक

‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डकी छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री कोइरालाले भने, ‘त्यसले ठुलो घात भएको छ। आजको मितिमा नेपाली कांग्रेस जुन शक्तिशाली थियो, अहिले तितरबितर भएको छ।’

जनतासँग माओवादी अभियान जनसंवाद अभियान होः अध्यक्ष दाहाल

अभियानलाई सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको उनको भनाइ थियो ।

उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौंः दाहाल

अध्यक्ष दाहालले प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

पूर्वराजालक्षित दाहालको टिप्पणी: रछ्यानमा मिल्काइएका तत्त्व दिवास्वप्नमा छन्

‘अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने होकि भन्ने दिवास्वप्नमा छन्। र, त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्।’

दाहालले फेरि भने: माधव जी र विप्लव जीसँग पार्टी एकता हुन्छ

‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चामा विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना बनेको छ ।’

आर्थिक वर्षको ६ महिना : लुम्बिनीमा थपिए झण्डै २ हजार उद्योग, हजारभन्दा बढी बन्द

प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबै भन्दा बढी उद्योग दर्ता भएका छन् । यो जिल्लामा ४५२ उद्योग दर्ता भएका छन् भने ६४५ वाणिज्य फर्म खुलेका छन् । रुपन्देहीमा १६८ उद्योग खारेज भएका छन् भने ३२ वाणिज्य फर्म बन्द भएका छन् ।

दाहालको स्वीकारोक्ति: संविधान संशोधनीय छ, जताबाट कुरा उठे पनि स्वाभाविक

‘तर, त्यसो गर्दा यहाँ फेरि दुइटा विचार, दुइटा दृष्टिकोणका बिचमा बहस छ भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्छ र त्यसका आधारमा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ।’

दलित समुदायको विशेषाधिकारलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छः अध्यक्ष दाहाल

नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय तथा राजनीतिक समस्या भएको बताए ।

गाजा क्षेत्र अमेरिकाले कब्जा लिने ट्रम्पको घोषणाप्रति माओवादी केन्द्रको भर्त्सना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने घोषणा प्रति माओवादी केन्द्रले भर्त्सना गरेको छ।

पूर्व केन्द्रीय सदस्यसहित क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता माओवादीमा प्रवेश

स्वागत गर्दै अध्यक्ष दाहालले क्रान्तिकारीहरु ध्रुवीकरण हुँदै जानु सकारात्मक भएको बताउँदै क्रान्तिकारी शक्तिहरु एकठाउँमा आउँदै जाने विश्वास व्यक्त गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्