२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

पूर्व केन्द्रीय सदस्यसहित क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता माओवादीमा प्रवेश

पूर्व केन्द्रीय सदस्यसहित क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार पार्टी प्रवेश गराए ।

माओवादी प्रवेश गर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व काठमाडौ जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, प्रदेश सचिवालय सदस्यहरु प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्वजिल्ला सदस्यहरु दाबा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल, विकास केसी, इन्द्र राई, आशा रानालगायत रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

उनीहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले क्रान्तिकारीहरु ध्रुवीकरण हुँदै जानु सकारात्मक भएको बताउँदै क्रान्तिकारी शक्तिहरु एकठाउँमा आउँदै जाने विश्वास व्यक्त गरे । क्रान्तिका उपलब्धि संस्थागत गर्दै समाजवादी क्रान्तिमा अघि बढ्न सबै क्रान्तिकारी एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ ।

माओवादी फुटाउने कुरा क्रान्ति नभएको अब अनुभवबाट पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै सपना पूरा गर्न सकिने बताए । क्रान्तिकारी आन्दोलनमा जुनतहमा नेतृत्व गरेका थिए सोही अनुसार जिम्मेवारी दिने स्पष्ट गर्दै उनले पार्टी बनाउन आआफ्नो ठाउँबाट अभियानमा लाग्न निर्देशन दिए ।

प्रवेश गर्नेहरूले विभाजनबाट पाठ सिकेर त्यताबाट क्रान्ति हुन्न भन्ने निष्कर्षसहित माओवादी केन्द्रमा समायोजन हुन आएको बताएका थिए । 

प्रकाशित: २३ माघ २०८१ १८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App