४ मंसिर २०८१ मंगलबार
image/svg+xml

नयाँ वर्षमा पर्यटकीय स्थल भरिभराउ

कुनै बेला पर्यटक नभएर सुनसान हुने रुपन्देहीका पर्यटकीय क्षेत्रमा आजभोलि अप्रत्याशित रुपमा आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ। बुटवल र आपासका पार्क तथा पर्यटकीय क्षेत्रमा अप्रत्याशित रुपमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्।

खुम्बुका होटलमा कोठाको पैसा लिन सुरु

विगतमा खानाको पैसा तिरेपछि कोठामा सुत्न निःशुल्क दिँदै आएका यहाँका होटल व्यवसायीले अहिले खाने र बस्ने दुवैको पैसा दिन सुरु गरेका छन्। खुम्बुमा होटल संख्याको तुलनामा पर्यटक घटेपछि पहिले खानाको मात्र पैसा लिने गरेकामा अहिले कोठाको पनि लिन थालिएको हो।

पर्यटक वर्षमै न्यून पर्यटक

पाँच लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित वैशाख १ गते मुगुको रारातालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को अवधिमा दुई लाख ३३ हजार २१ जना आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन्। यसमध्ये ६ सय ३३ जना मात्रै बाह्य पर्यटक रहेका छन्।

२० लाख पर्यटकको लक्ष्य चुनौतीपूर्ण

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु गरेको छ। पर्यटकीय सहर पोखराबाट शनिबार राष्ट्रियस्तरको यो अभियान थालनी भए पनि अहिलेकै पूर्वाधारका भरमा सरकारी लक्ष्य पूरा गर्न सहज नभएको व्यवसायीले बताएका छन्। पर्यटक भित्र्याउन सबैभन्दा बढी चुनौती पूर्वाधार अभाव रहेको व्यवसायीको भनाइ छ।

आगलागीपीडित विद्यार्थीलाई सांग्रिलाको छात्रवृत्ति

सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका आगलागीपीडित परिवारका दुई बालबलिकालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। बैंकका सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्

पर्यटकीय क्षेत्र उत्तरकन्या पूर्ण सरसफाइ गाउँ

जिल्लामा सबैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएको दक्षिण एसियाकै नमुना बस्ती घलेगाउँमा अवस्थित उत्तरकन्या क्षेत्रलाई पूर्ण सरसफाइ गाउ“ घोषणा गरिएको छ।

मसानघाटले परिचित ठाउँ धार्मिक पर्यटकीय स्थलमा रुपान्तरण

दशकअघिसम्म इटहरीको बुढी खोला नदी मसानघाटले परिचित थियो। त्यहाँ जान प्रायः सबै डराउँथे। मसानघाट पश्चिम नजिकै वडा नं. ४ मा धार्मिक कार्य गर्नका निम्ति श्री कृष्ण प्रणामी मन्दिर थियो। बुढी खोला नदी छेउमा जताततै फोहर त थियो। खोलामा अनाधिकृत रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर वस्ती कटानको उच्च खतरा थियो। तर, त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिबेला बद्लिएको छ। दुवैको परिचय पनि फेरिएको  छ। अहिले यस ठाउँलाई बृहत्तर मुक्तिधाम विकास समितिमार्फत धार्मिक पर्यटकीय स्थलको रुपान्तरण थालेर रुप बद्लिएको हो।

मन्थली विमानस्थलमा चहलपहल बढ्यो

जिल्ला सदरमुकाम मन्थलीमा विमानस्थल भए पनि विमान आउने जाने नगर्दा प्रायः सुनसान हुन्थ्यो। केही दिनयता भने विमान र पर्यटकको चाप ह्वात्तै बढेको छ।

खुम्बुलाई पर्यटकीय गाउँपालिका घोषणा गर्छु : मुख्यमन्त्री राई

विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङ ल्हामू गाउँपालिकामा सडक पुगेको छ। माप्य दूधकोशी गाउँपालिका हुदै खुम्बुपासाङल्हमू गाउँपालिकाको खरिखोलामा पु-याइएको सडकको मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

अधिकारका लागि कहिलेसम्म लड्ने ?

भर्खरै गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको पाँचौं राष्ट्रिय सम्मेलन भयो। केही हप्ताअघि सम्पन्न सम्मेलनमा देशभरबाट भूमिसम्बन्धी समस्या भोगिरहेका गरिब, साना किसान, भूमिहीन र सुकुमवासीलगायत सयौं नागरिक भेला भए। पोखरा सडकमा अधिकारका लागि नाराहरू लगाए– जनमुखी भूमि सुधार लागू गर। सम्मेलनले मुलुकमा अहिले मुख्य आवश्यकता भूमि सुधार हो भन्ने निष्कर्षसहित घोषणा पत्र जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

सार्वजनिक शौचालय अभावले पर्यटकलाई सास्ती

हात्तीमाथि बसेर अनि जिपमा चढेर जंगल घुम्न मन पराउने पर्यटकको प्रमुख रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो– सौराहा। जंगल सफारीका लागि मात्र होइन, डुंगा चढेर जलविहार गर्न, हात्ती प्रजनन केन्द्र हेर्न, थारू संस्कृतिमा रमाउन, प्राकृतिक सुन्दरतामा मन बहलाउनका लागि पनि पर्यटकहरू सौराहा आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि सौराहामा पर्यटकीय गतिविधि बढ्दै गएको हो। पहिलेपहिले वन्यजन्तु अवलोकन गर्न यहाँ आउने पर्यटकहरू ‘टेन्ट’मै रात पनि बिताउथे।

पाँचतिरबाट सडक जोड्ने योजना

सरकारद्वारा सूचीकृत सय गन्तव्यमध्ये एक खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीनतिरबाट सडकले छोएको छ। तराईबाट उदयपुरको गाईघाट हुँदै साउने–धाप्लाङ–धर्तुङ हुँदै साउनेचौर–सिन्ताङ सडक, गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेंसी सडक र भोजपुरतर्फबाट चिसापानी–निगाले–कार्कीछाप सडक विस्तार गरिएसँगै बराहपोखरी तीनतिरबाट सडक सञ्जालसँग जोडिएको हो।

होटल र रेस्टुरेन्टको स्तरीकरण अभियान सुरु

पर्यटकीय गन्तव्य सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गर्ने अभियान सुरु गरिएको छ। खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले होटल तथा रेस्टुरेन्ट स्तरीकरणको अभियान सुरु गरेको हो।

नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार

नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान्। मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ। काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्