३ आश्विन २०८१ बिहीबार
image/svg+xml

साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिता अन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।

राखेप र एन्फाबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका लागि छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा विहिबार छलफल भएको छ।

मैदान अभावकाबिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदानको अभावकै बिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

हारको शृंखलामा एपिएफको पूर्णविराम

विभागीय टोली एपिएफ फुटबल क्लबले ललित स्मृति यु- १८ युथ लिगमा हारको शृंखलामा पूर्णविराम लगाउँदा एफसी खुमलटारले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ।

इन्डोनेसियाकाे पेर्सिकबाट तेस्रो सिजन खेल्दै रोहित

नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिक केडिरीबाट लगातार तेस्रो सिजन खेल्ने भएका छन्।

आधा वर्ष फुटबलविहीन नेपाली टोली

लगालग अन्तर्राष्ट्रिय प्रतियोगितामा उम्दा प्रदर्शन गरिरहेको नेपाली महिला फुटबल टोलीले फागुनयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन भने अबको तीन महिनासम्म खेल्न नपाउने भएको छ।

चल्न नसकेको ‘गोल्डेन जेनेरेसन’

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।

माल्दिभ्स फुटबल संघका अध्यक्ष प्रतिबन्धित

फिफा स्वतन्त्र आचार समितिको न्यायिक चेम्बरले माल्दिभ्स फुटबल संघ (एफएएम) का अध्यक्ष बासम अदिल जलिललाई प्रतिबन्ध लगाएको छ।

वेल्सका सफल प्रशिक्षक रोब पेज बर्खास्त

वेल्स फुटबल संघ (एफएडब्लु) ले रोब पेजलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ। एफएडब्लुले शुक्रबार उनलाई बर्खास्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्