४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ।

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु

जिल्ला प्रशासन कार्यालयले आयोजना प्रभावित क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको ५८६ कित्ता, रावाबेँसी गाउँपालिका–२ खार्पाको १ हजार ८९ कित्ता, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको १७४ कित्ता, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको २ हजार ३३० कित्ता, रावाबेँसी गाउँपालिका–५ दुबेकोलको ३०४ कित्ता र रावाबेँसी गाउँपालिका–६ हौंचुरको ८२१ कित्ता जग्गा प्राप्तिका लागि सूचना जारी गरेको छ।

६३५ मेगावाट क्षमताको दूधकोसी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु

प्रशासनले जग्गा प्राप्तिको प्रकृया थालेसँगै असार २३ गतेदेखि प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनैपनि संरचना बनाउने वा थप्ने कार्य नगर्न/नगराउन भनेको छ।

दूधको भुक्तानी नपाउँदा छाक टार्ने पिरलो

सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनाले ४ महिनादेखि दूधको मूल्य भुक्तान नगर्दा किसान समस्यामा परेका छन् । प्रशोधित परिकार बिक्री नभएको भन्दै विराटनगरस्थित आयोजनाले गत माघदेखि किसानको दूधको मूल्य दिएको छैन ।

दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँः मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन्।

कोरोना संक्रमितले दूध वितरण गर्दै हिँडेको जनगुनासोपछि डेरी उद्योगमा अनुगमन

वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा डेरी उद्योगहरुमा अनुगमन गरेको छ। डेरीको दुध वितरकहरु कोरोना संक्रमित भएकाहरुले वितरण गर्दै हिड्दा महामारी फैलिएको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको जनाइएको छ।

दूध खपत ६० प्रतिशत घट्यो

सहरी क्षेत्रमा डेरा गरी बस्नेहरू गाउँ फर्किएका छन्। कोराना संक्रमण सर्न सक्ने आशंकामा सहरी क्षेत्रका बासिन्दा पनि दूध किन्न घरबाट कम निस्किएका छन्। व्यक्तिगत सुरक्षाको कारण पनि धेरै दूध पसल बन्द छन्। कतिपयले ग्राहक नआएकाले बन्द गरेका छन्।

दूधको गुणस्तर सुधार्न कृषक पाठशाला

काभ्रेपलाञ्चोक जिल्लामै पहिलो पटक दूधको स्वच्छता र गुणस्तर कायम गराउने उद्देश्यले कृषक पाठशाला (डेरी) सुरु भएको छ। पनौती नगरपालिकाको पशुपक्षी शाखाको अगुवाइमा यस्तो पाठशाला सुरु भएको हो।

मासु, दूध र अण्डामा गण्डकी आत्मनिर्भर

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ। गण्डकी प्रदेश राष्ट्रिय मापदण्डअनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प्रेरणा सेंढाईले जानकारी दिइन्।

दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

बागलुङमा दूधको मूल्य वृद्धि भएको छ। बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँका दरले वृद्धि गरेको छ।

तत्काल दूध नलिए केन्द्रअगाडि फाल्ने चेतावनी

केन्द्र बन्द भएका कारण दूध बिक्री गर्न नपाउँदा कृषक चिन्तित छन् । फागुनदेखि नै चौरी ब्याउन सुरु गर्छ । जेठदेखि साउन १५ गतेसम्म चौरीले बढी दूध दिन्छ । त्यसपछि दूध घटेर जान्छ । चौरीले दूध दिने मुख्य सिजनमा दूध बिक्री गर्न नपाउँदा कृषकले घरमै घिउ र छुर्पी बनाइरहेका छन् ।

डिडिसीको दूध कर्णालीमा रोक

दुग्ध विकास संस्थान (डिडिसी)को दूध कर्णाली प्रदेश प्रवेशमा रोक लगाइएपछि बाँके र बर्दियाका किसान प्रभावित हुन पुगेका छन् ।

दूधमा अनुदान निरन्तर

दूध उत्पादन र बजारीकरण गर्ने सहकारी संस्थामा आवद्ध कृषकलाई बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित प्रोत्साहन अनुदान (मिल्क आउटपुट बेस्ड सब्सिडी) रकमवापत ६ करोड ७४ लाख ७३ हजार रुपैयाँ वितरण गर्ने भएको छ।

माछपुच्छ्रे गाउँपालिकामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

माछपुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्