११ पुस २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य नहुँदा मन्त्रिपरिषद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ ।

आमाको नाममा नागरिकता पाउन असहज

आमाको नामबाट सहज रुपमा नागरिकता नदिइँदा र आमाबा नभएका व्यक्तिले उमेर पुगेपछि नागरिकता पाउन नसक्दा पढाइ, बैंक खाता, जागिरलगायतका विषयमा समस्या परेकाले त्यसप्रति ध्यान पुर्‍याउन आग्रह गरेका छन् ।

एनपीएल: बाहिरियो कर्णाली, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ।

वैदेशिक रोजगारीका लागि दैनिक २ हजारको श्रम स्वीकृति

वैदेशिक रोजगारीमा नेपाली गएको देखेर अधिकांश मानिसहरू देश खाली हुँदै छ भन्ने मात्रै छन् । खाडी मुलुक गएका श्रमिकको अवधि भनेकै ३/४ वर्ष हो । त्यसपछि उनीहरू फर्किन्छन् । त्यसैले युवाविहीन देश भयो भनेर भन्न मिल्दैन ।

ललितपुरमा शनिबारदेखि चित्रकला प्रर्दशनी हुने

तीन दिनसम्म चल्ने प्रर्दशनीमा आर्ट सोमले आफ्नो एकेडेमीमा अध्ययनरत विद्यार्थीको चित्रकला प्रर्दशनीमा राख्ने एकेडेमीका संस्थापक सुजनवीर बज्राचार्यले बताए ।

उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।

एनपीएल दोस्रो क्वालिफायर : कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको हो ।

अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु

अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन्।

विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गरेका छन्।

फक्ताङलुङले उच्च शिक्षाका लागि सतप्रतिशतसम्म छात्रवृत्ति दिने, यस्ताे छ मापदण्ड

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्न चाहनेहरू पालिका भित्रका नागरिकलाई सतप्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ।

रविको ‘हिरासत तस्बिर’ सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

टिआइपीएफ सम्झौतामा मन्त्री भण्डारी र कोरियाली समकक्षीबीच हस्ताक्षर

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्