२४ असार २०८३ बुधबार
image/svg+xml

रेफ्रीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै इजिप्टले दियो उजुरी

इजिप्ट फुटबल सङ्घले अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष उजुरी दर्ता गरेको छ।

करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

बेलका नगरपालिका-९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ।

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखिने

अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा एमालेका उपाध्यक्ष पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप

उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो।

सिभिल अस्पतालका फार्मेसी इन्चार्जसहित ८ जनाविरुद्ध ३ करोड भ्रष्टाचार दाबीसहित मुद्दा दायर

अख्तियारले सिभिल अस्पतालको फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जनकपुरमा गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन

धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।

तुइन खोलामा पहिरो रोकथाम सुरु

आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरु

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग बैठकका निर्णय सार्वजनिक गरेका छन्।

अब खाद्य गुणस्तर जाँच महानगरकै ल्याबबाट

काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ।

चीनको तटीय प्रान्तमा बावी आँधीको प्रकोप

यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियांगले बुधबार टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ।

‘कच्चा बिजुली निर्यात मात्र होइन, कम्प्युटिङ पावर बेचेर खर्बौं आर्जन गर्न सक्छ नेपाल’

काठमाडौंमा जारी ‘पावर नेपाल कन्कलेभ २०८३’ को पहिलो सत्रमा नेपालमा उत्पादित बिजुलीलाई कच्चा पदार्थका रूपमा बाह्य बजारमा निर्यात गर्नुभन्दा स्वदेशमै औद्योगिक खपत र आधुनिक सूचना प्रविधिको क्षेत्रमा उपयोग गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र : डब्ल्यूएचओ

मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदनमा इटुरी र उत्तरी किवु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा निरन्तर सङ्क्रमण, मृत्युको बढ्दो सङ्ख्या तथा स्वास्थ्य क्षेत्रहरूमा सङ्क्रमण फैलँदै गएकाले प्रकोप तीव्र बनेको उल्लेख गरिएको छ।

बहुमतबाट पारित भयो कोशी प्रदेशको बजेट, खर्च कटौतीका प्रस्ताव अस्वीकृत

कोशी प्रदेशसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्