‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो।
गुह्येश्वरी मन्दिरअघि बागमती नदी एवं किनारमा शनिबार ७०२ औँ हप्ताको सफाइ गरिएको थियो। दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले बताए। नवदुर्गाको पूजा गरिएका मूर्तिहरूलाई किनारमा राखिएको छ।
सो अवसरमा कुहिने फोहरलाई त्यहीँको बागमती किनारमा गाडिएको थियो। नकुहिने फोहर ट्रकमा राखी व्यवस्थापन गरिएको पनि उनल बताए।
समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो बागमती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं वाग्मती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता थियो। अर्को हप्ताको बागमती सरसफाइ पनि यसै स्थानमा गरिने जनाइएको छ।
प्रकाशित: ८ कार्तिक २०८३ ०८:४८ आइतबार





