८ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

दसैंको कथा

लघुकथा

"बाबा दसैं किन मनाउँछन्? " सात वर्षीय  कुमारले आफ्नो बासँग सोध्यो।

"छोरा, दसैं प्राचीनकालदेखि मनाउँदै आएको महान् पर्व हो यसलाई बडादसैं पनि भन्छन्। " लखनले छोरालाई जानकारी गराउँदै भन्यो।

" त्यो त ठिक हो तर मनाउने उद्देश्य के होला? "-कुमारले जिज्ञासा राख्याे।

" उद्देश्य त सबै चाडपर्वको एउटै हुन्छ, समाजमा एकता बनिरहोस, देशमा शान्ति सुव्यवस्था बनिरहोस्।" लखनले छोरालाई सम्झाउँदै भन्यो।

"तर चाडपर्वमा नै धेरै लडाइ परेको हुन्छ। हिजो पनि तल्ला घरे अंकलको लडाइ परेपछि प्रहरी आएका थिए।" कुमारले निधार खुम्चाउँदै भन्यो।

" हो र? "लखनले सटिकमा सोध्यो।

"हजुर हो निस उनीहरू भाइ दाइमै कुटाकुट हुन्छ।" कुमारले भन्यो।

"दशै त नराम्रोमा राम्रोको जीत हो। हत्याहिसाको विरोधमा हो।"  लखनले फन्यो।

"त्यो त झुट कुरा बोल्नुभयो हजुरले!" कुमारले नाक मुख बिगार्दै भन्यो।

- होइन छोरा यथार्थ हो।

" जति हत्याहिंसा दसैंमा हुन्छ अरू पर्वमा हुँदैन।" सात वर्षीय कुमारका कुराले लखन आवाक् बन्यो।

प्रकाशित: ८ कार्तिक २०८३ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App