४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पौडी खेल्न प्रतिबन्धित पोखरीमा डुबेर किशोरको मृत्यु

झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाइँको मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

पानीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रकाे बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्तको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पसेका थिए।

पौडी खेल्न गएका दुई युवा बेपत्ता

कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन्। बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा बर्दियामा दुई युवक बेपत्ता

६ जना मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका थिए। नदीमा प्रज्वल र दीपेन्द्र बेपत्ता भएका कोहलपुरका राजेन्द्र शाहीले बताए।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता

रुकुम (पश्चिम)को ठूलीभेरी नदीमा बगेर एक युवा वेपत्ता भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिका– ९ राडीका २२ वर्षीय अनिल शाह बुधबारदेिख नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा पौडी खेल्ने क्रममा उनी वेपत्ता भएको प्रहरीको भनाइ छ।

अविरल र सुप्रिया छनोट

नेपालगन्जका पौडीबाज अविरल भण्डारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश–५ बाट छनोट हुन सफल भएका छन्।

हिटिङ पौडी पोखरीले बाह्रै महिना प्रशिक्षण

जाडोको महिनामा यसै पनि बिहानबेलुका खेलाडीको प्रशिक्षण कमै हुन्छ। त्यसमा पनि स्विमिङको प्रशिक्षण कम हुनु स्वाभाविक नै हो। पछिल्ला वर्षमा जाडो महिनामा स्विमिङका खेलाडी प्रशिक्षण बन्द गर्न बाध्य नै थिए।

फिना वर्ल्डकपमा सहभागिता जनाउने पौडी खेलाडीकाे बिदाई

सिंगापुरमा आयोजना हुने फिना वर्ल्डकप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले बिदाई गरेका छन्।

पौडी खेल्न गएका वृद्धा त्रिशुलीमा बेपत्ता

त्रिशुली नदिमा पौडी खेल्न गएका एक जना बेपत्ता भएका छन्। धादिङको सिद्धलेक गाउँपालिका –६ स्थित त्रिशुली नदिमा पौडी खेल्न गएका नेत्रावती डपजोङ गाउँपालिका –१ मार्पाकका ७० वर्षीय तेजबहादुर अधिकारी बेपत्ता भएका हुन्। आइतबारदेखि हराइरहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

पौडीमा कमजोर प्रदर्शन

राष्ट्रिय कीर्तिमानको लक्ष्यमा पनि असफल हुँदै नेपालका स्टार पौडीबाज शिरीष गुरुङले जकार्तामा १८औं एसियाली खेलकुदमा आफ्नो यात्रामा पूर्णविराम लगाएका छन्।

गौरिका फेरि असफल

नेपाली पौडीमा सनसनी मच्चाएकी गौरिका सिंह १८औं एसियाली खेलकुदमा लगातार दोस्रो दिन राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्यमा चुकेकी छिन्।

एसियाली खेलकुदः शिरीष ४६ औं स्थानमा सीमित

एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थानमा चित्त बुझाएका छन्। योसँगै उनी हिट चरणबाटै बाहिरिएका छन्।

खोलामा पौडी खेल्दा डुबेका दुई किशाेरीको मृत्यु

खैरहनी नगरपालिका वडा नम्बर ३ मा रहेको लदरी खोलामा पौडी खेल्दा डुबेका दुई किशोरीको मृत्यु भएको छ। सोमबार बिहान खोलामा पौडी खेल्दा डुबेका खैरहनी ३ की १३ वर्षीया करुणा विक र १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काठमाण्डौं ईमाडोलकी १५ वर्षीया अस्मिता गौतम घाइते भएकी छिन्।

बाग्मतीमा पौडी खेल्न गएका दुई युवक वेपत्ता

बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई युवक वेपत्ता भएका छन्। आइतबार दिउँसो अत्यधिक गर्मीपछि चन्द्रपुर १ स्थित नुनथरको महादेव मन्दिरनजिकै बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीको लालबन्दी नगरपालिका १७ का २२ वर्षीय सञ्जय बस्नेत र २२ वर्षीय राजेश ब्लोन बाढीले बगाएर वेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। वेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्