काठमाडौं – लिटिल एन्जल्स स्कुलको आयोजनामा १७औं एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
प्रतियोगितामा विभिन्न ६० विद्यालयका करिब ३ सय खेलाडीको सहभागिता रहने एलएका इसिए इन्चार्ज विजयप्रकाश महर्जनले जनाएका छन् । नेपालगन्जबाट पनि टिम सहभागी हुनेछ।
ब्वाइज÷गल्र्समा समान २५–२५ गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछन् । गत संस्करणको उपाधि लिङकन स्कुलले जितेको थियो।
प्रकाशित: २९ भाद्र २०७५ ०५:०७ शुक्रबार