४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पौडीमा रमिएका तीन पुस्ता

नेपाली खेलकुदको पौडीमा कार्की परिवार विशेष किसिमको नाता रहँदै आएको छ । करिब ३५ वर्ष अगाडिदेखिको पानीसँगको नाता कार्की परिवारमा अझैं पनि छ । हजुरबुवाले जोडेको पानीसँगको दौतरी नातीसम्मले गासिरहेकै छन् ।

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका—७ महादेवफाँट स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

शाहद्वारा लगातार दोस्रो कीर्तिमान

नेपाली पौडीका साहिद हम्जा शाहले हंगेरीमा जारी सातौं विश्व जुनियर च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । हंगेरीको बुढापेस्टमा सहरमा शुक्रबार राती भएको सातौं फिना विश्व जुनियर पौडी च्याम्पियनसिपमा शाहले ५० मिटर बटरफ्लाइमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । २७.५५ सेकेन्ड समयका साथ शाह हिटमा तेस्रो भए पनि उक्त समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भएको थियो । कुल ८५ खेलाडी सहभागी उक्त विधामा उनी समग्रमा भने ७४औं स्थानमा रहेका थिए ।

खोलामा डुबेर बालकको मृत्यु

उदयपुरमा मंगलबार एक बालकको खोलामा डुबेर मृत्यु भएको छ। कटारी नगरपालिका ८ थलिया स्थित ललरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय हर्कबहादुर पुलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडी र आर्चरी टोली जापान प्रस्थान

पौडी र आर्चरी टोली मंगलबार जापानको टोकुसी प्रस्थान गरेको छ। नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै टोली जापान गएको हो।

सेतीमा डुबेर बालकको मृत्यु

सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। शनिबार जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारका मोतिलाल विश्वकर्माका १२ वर्षीय छोरा विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

पोखरीमा पौडी खेल्ने क्रममा डुवेर दाजुभाइको मृत्यु

म्याग्दे गाउँपालिका–२ जामुने स्थित माछापुच्छे इट्टाभट्टाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका दुईजना दाजुभाईको मृत्यु भएको छ।

पौडी पोखरीको सफल परीक्षण

१८ करोड रूपैयाँमा निर्माण भएको उक्त पोखरी ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ छ भने तीनदेखि पाँच फिटसम्मको गहिराइमा बनेको छ।

दरौँदी नदीमा डुबेर २ बेपत्ता, एकको मृत्यू

पौडी खेल्ने क्रममा दरौँदी नदीमा डुबेर २ जना बेपत्ता भएका छन् भने १ महिला मृत अवस्थामा भेटिएकी छिन् । पालुङटार नगरपालिका १ मसानेपाटीकी सरिता गुरुङको शव भेटिएको हो । बेपत्ता सोही ठाउँका ११ वर्षिय अस्विन बिक र राजन श्रेष्ठका खाेजी भइरहेको छ ।

दुई विद्यार्थीको मृत्यु प्रकरणः क्षतिपूर्तिको माग गर्दै आफन्तको प्रदर्शन

खोटाङमा खोलाको दहमा डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका आफन्तले दिक्तेल बजारमा जुलुस निकालेको छ।

डुबेर २ जनाको मृत्यु

रुपन्देहीको सैनामैनामा शनिबार छुटाछुट्टै स्थानमा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु भएको छ। गर्मी छल्न भन्दै साथीहरुसँग पौडी खेल्न गएका सैनामैना ८ का ३२ बर्षिय डोल बहादुर खप्तरी मगरको काली रहमा डुबेर मृत्यु भएको हो। दिउँसो ३ बजेतिर मगर पौडी खेल्न काली रह पुगेको प्रहरीले जनाएको छ। यसैगरी शनिबार नै सैनामैना सालझन्डीमा एक युवाको इङगुरिया खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ।

नौ महिनापछि बेपत्ता विद्यार्थीको शव भेटियो

गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनील बराइलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएकमहिनापछि बराइलीको शव करिब ३५ फिट गहिराइबाट निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्