काठमाडौं– पौडी र आर्चरी टोली मंगलबार जापानको टोकुसी प्रस्थान गरेको छ। नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै टोली जापान गएको हो।
पौडी खेलाडीमा अनुभव सुब्बा, दिपांकर अवाले, उपास्ती महर्जन र अनुसिया तण्डुकार छन्। प्रशिक्षकमा पौडी मुख्य प्रशिक्षक शंकर कार्की छन्।
आर्चरी खेलाडीमा तीलक पुनमगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन्। अफिसियलमा नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे। तालिम अगष्ट १ देखि सेप्टेम्बर २ तारिखसम्म हुनेछ।
प्रकाशित: १४ श्रावण २०७६ १२:०७ मंगलबार