४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नौ महिनापछि बेपत्ता विद्यार्थीको शव भेटियो

सोलुखुम्बु – गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनील बराइलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएकमहिनापछि बराइलीको शव करिब ३५ फिट गहिराइबाट निकालेको हो।

साथीको उद्धार गर्न जाने क्रममा बराइली जीउमा लगाएको कपडासहित डुबेका थिए। सोही आधारमा उनको पहिचान गरिएको हो। बेपत्तामध्ये पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी छ। खोजकर्ताले परिचालन गरेको रोबर्टले करिब ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको हो। बुधबारदेखि नै खोजी सुरु गरेको टोलीले बिहीबार बिहानमात्र शव पहिचान गरी बाहिर निकाल्न सफल भएको हो।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले बुधबार दिनभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शव खोजी गरेको थियो।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले बुधबार दिनभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शव खोजी गरेको थियो। निरन्तरको प्रयासपछि डुबेकै ठाउँको छेउछाउमा शव भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले बताए।

गत असोजमा खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेका थिए। गत साउनमा शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तालमा पौडी खेल्ने क्रममा तीनजना छात्र बेपत्ता भएका थिए। बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव केही दिनपछि भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनील बराइली बेपत्ता थिए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App