१२ माघ २०८२ सोमबार
image/svg+xml

भारत-चीन ‘मित्र र साझेदार’ हुन्, ‘ड्र्यागन र हात्ती’ सँगै नाच्छन् : राष्ट्रपति सी

सीले गएको एक वर्षमा चीन-भारतबीचको सम्बन्धमा सुधार र विकास जारी रहेको भनेका छन्। शुभकामना सन्देशमा उनले भनेका छन्, ‘विश्व शान्ति र समृद्धि कायम राख्न र प्रवर्द्धन गर्न ठूलो महत्व छ।’ उनले चीनले सधैं ‘असल छिमेकी, मित्र र साझेदार’ हुनु दुवै देशका लागि सही विकल्प हुने कुरामा विश्वास गर्दै आएको कुरा पनि स्पष्ट पारेका छन्।

नेसनल लाइफको सिइओ क्लब सदस्य सम्मान

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोसी प्रदेशका अभिकर्ताहरूलाई सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

सङ्खुवासभा बोलेरो दुर्घटना : दुवै मृतकको पहिचान खुल्यो

घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

एसबिआई बैंकद्वारा वृद्धवृद्धालाई सामग्री प्रदान

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ६४ जना वृद्धवृद्धालाई सामग्री प्रदान गरेको छ।

पाकिस्तान टी–२० विश्वकप खेल्ने कि नखेल्ने?

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृह मन्त्री तथा पीसीबी अध्यक्ष मोहसिन नकवीले सोमबार अर्थात् आज पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेट गर्न सक्ने उल्लेख गरिएको छ।

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तहलाई मन्त्रालयको ‘सर्कुलर’

निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ।

गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो

स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनायो। यो हारसङैँ नेपालको विश्वकप खेल्ने यात्रा समाप्त भएको छ।

विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाँच लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताए।

‘आवाज र अनुभूति’ को दोस्रो शृंखलामा सुनिए कवि भीष्म उप्रेती

कवि भीष्म उप्रेतीले प्रस्तुत गरेका कविता वाचन कार्यक्रम ‘आवाज र अनुभूति’ को दोस्रो शृंखला सम्पन्न भएको छ।

चिसो छल्न बेँसी झरेका मतदातालाई मत हाल्न मुस्किल

आगामी चैतमा मात्र उनीहरू गाउँ फर्किने हुँदा उनीहरू मतदान गर्न समस्या पर्ने जनाइएको छ। जनजाति महासंघ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिरबाट नै चिसो छल्न भेडा पाठासहित बेँसीमा झरेका हुँदा उनीहरूलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताएका छन्। उनका अनुसार त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन्।

‘पाँच पाण्डव’ मा डल्बी एट्मसको महसुस गर्न पाइने

म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’ को साउन्डको काम हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्