३ आश्विन २०८१ बिहीबार
image/svg+xml

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एकजना बेपत्ता

बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एकजना बेपत्ता भएका छन्।

सहरभित्र खोलाको वितण्डा

काठमाडौं तीनकुनेमा गाईपालन गर्दै आएका कृष्णप्रसाद घिमिरे सधैंजसो मंगलबार बेलुकी पनि गाईबस्तुलाई दानापानी दिएर नजिकैको डेरामा सुत्न गए। उनी सुत्दा राति १० बजेको थियो।

बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारसँग माग

प्रदेशसभा ३ का सांसदहरूले बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशसभाको दोस्रो अधिवेशनको ४३ औं बैठकको विशेष समयमा बोल्ने १५ मध्ये ९ सांसदले बाढीपहिरोको विषयमा धारणा राखेका हुन्।

कर्णालीकाे बाढीले तीव्र कटान

कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका–५ शाहीपुरमा तीव्र कटान थालेको छ। नदी केही दिनयता झण्डै ५ मिटर पश्चिमतर्फ  बग्न थालेको छ। नदी नियन्त्रणका लागि निर्मित तटबन्ध केही दिनअघि नै बगाईसकेको छ।

कर्णालीको तटिय क्षेत्रमा उच्च सर्तकता

कर्णाली नदी तटिय क्षेत्रमा प्रशासनले उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ। कर्णाली नदीको चिसापानीस्थित गेजरिडरले पानी सतह उच्च मापन गरेपछि सार्वजनिक सूचनामार्फत नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो।

सडक सम्पर्कबाट जोमसोम विच्छेद

न्यून वर्षा हुने हिमालपारिको जिल्ला मुस्ताङमा अहिले दिनहुँजसो वर्षा भइरहेको छ। निरन्तरको वर्षाले हिमाली जिल्लमा बाढीपहिरो निम्त्याएको छ।

राहत घोषणामै सीमित

पुरानो कच्ची घर चार दिनअघिको वर्षाले चर्किएको छ। जुनसुकै बेला भत्किन सक्ने अवस्था देखेर छिमेकीले भनिरहेका छन्– बसाइँ सर।

बाढीले ड्याममा क्षति पु-याएपछि काम प्रभावित

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुुवागढी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ।

महाकाली बाढी पीडितलाई पाँच बर्षपछि साढे ३ हजार राहत

महाकाली बाढी पीडितलाई पाँच बर्षपछि राहत रकम वितरण हुने भएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले महाकाली बाढीबाट पूर्ण क्षती भएका १ सय १३ परिवारलाई कोषमा बचेको चार लाख रुपैँया वितरण गरिने  भएको छ।

हिउँदमा बन्छ, बर्खामा बिग्रन्छन्

इलामको माइजोगमाई गाउँपालिका–४ का वडाध्यक्ष गणेश राईले सोमबार एक सूचना जारी गरी गाउँका मुख्य कच्ची सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्