१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अस्तव्यस्त जनजीवन सहज बनाउनेतर्फ राज्यको ध्यान जाओस् : पूर्वराजा शाह

फाइल तस्बिर

बिहीबारदेखि शनिबार साँझसम्म परेको लगातारको वर्षापछिको बाढीपहिरोमा परेर ठुलो जनधनको क्षति भएको प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्वसूचना हुँदाहुँदै पनि तत्परता तथा पूर्वप्रतिकार्य नभएर ठुलो मानवीय र भौतिक क्षति हुनु निकै दु:खद् भएको उनको भनाइ छ ।  

आइतबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले रोकथाम र सजगताका लागि पर्याप्त व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, 'दशैतिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि हाम्रो गम्भिर चासो रहेको छ ।'  

उनले मृतकका परिवारलाई उचित राहत, बेपत्ताहरुको खोजी तथा घाइतेहरुको शीघ्र र प्रभावकारी उपचारका लागि सरकारसँग आग्रह गरेका छन् । उनले भनेका छन्, 'अविरल वर्षा, बाढी र पहिरोले अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ ।'

प्रकाशित: १३ आश्विन २०८१ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App