२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मनाङ र झापा भिड्दै

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र झापा ११ भिड्दैछन।

सांसद मनाङेलाई ५ वर्ष जेल सजाय

सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) विरुद्ध तत्कालीन पुनरावेदन अदालत, पाटनले तोेकेको ५ वर्ष जेल सजाय सदर गरेको छ । २०६४ सालमा पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय फैसला भएको थियो । मनाङे प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

मनाङ्गे समूहका चार जनालाई सफाइ

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दीपक मनाङ्गे समूहका चार जना गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ।

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

खप्तड गोल्डकपमा आर्मी र मनाङ भिड्दै

कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज ए डिभिजनका २ सफल टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी भिड्दै छन ।

मनाङ अन्तिम चारमा

रक्षक कमल श्रेष्ठ घाइते भएर अस्पताल लानु परेको लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबले शुक्रबार रुपान्देही ११ लाई ४–० ले हराउँदै सुदूर पश्चिम खप्तड गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

मनाङमा खाेला जम्याे (फोटो फिचर)

मनाङको चामेस्थित ओम डेभलपमेन्ट बैंककी शाखा प्रबन्धक खरीमाया गुरुङ सोमबार दिउँसो बजार डुल्दै थिइन् । बजार घुम्दै गर्दा उनले पानीको तीनवटा पाइप फुटेको देखिन् । पाइप फुटेर निस्किएको पानी समेत जमेको देख्दा उनले तस्बिर नखिचि बस्नै सकिनन् ।

किन आर्थिक सहायता खोज्दैनन् मनाङ र मुस्ताङका युवा ?

बेरोजगार तथा आर्थिक रूपले विपन्न युवालाई सहयोग गर्न सुरु गरिएको कार्यक्रमका लागि देशका सबै जिल्लाबाट धमाधम माग आइरहँदा मनाङ र मुस्ताङमा भने वर्षौंदेखि आर्थिक सहयोग लिने युवायुवती फेला परेका छैनन् ।

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य

हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् ।

मनाङलाई मनमोहन गोल्डकप

त्रिभुवन आर्मी क्लब काठमाडौंलाई  २–१ ले हराउँदै शनिबार सुनसरीको दुहबीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । दर्शकको बाक्लो जमघट रहेको खेलको १७औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पहिलो गोल गरे पनि २६औं मिनेटमा मनाङ मर्स्याङ्दीका विशाल राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

दुहबी गोल्डकपको उपाधिका लागि आर्मी–मनाङ भिड्दै

दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दैछन्। दुहबी रंगशालामा खेल दिउसो साढे २ बजेबाट सुरु हुनेछ। झापामा आयोजना भएका पखिल्ला २ खेलको फाइनलमा आर्मीसँग भिडेको मनाङ दुबै खेलमा पराजित भएको थियो ।

मनाङमा एमालेलाई गठबन्धनको राहत

हिमाल पारिको जिल्ला मनाङमा यसअघिका कुनैपनि निर्वाचनमा एमालेले जितेको इतिहास थिएन । एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा मात्र माओवादीले जितेपनि त्यसबाहेकका सबै निर्वाचनमा कांग्रेस हावी हुँदै आएको थियो । तर, यो पटक क्रमभंग गर्दै एमालेले बाजी मारेको छ ।  एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोल्देन छोपाङ गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई पराजित गर्दै इतिहास रचेका हुन् ।

मनाङमा प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा मानाङ्गे र घले विजयी

हिमालपारीको जिल्ला मनाङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

आर्मी र मनाङका आआफ्नै दाउ

त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लब शुक्रबार उपाधि भिडन्तमा उत्रिनु अघिसम्म दर्शक र  प्रतिस्पर्धी दुवै टोलीलाई मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको फाइनलमा एक साताअघि सम्पन्न सताक्षी गोल्कडप फाइनलको दृश्य मात्रै दोहोरिने हो कि नतिजा पनि भन्ने प्रश्नले लखेटिरहनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्