६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मनाङलाई मनमोहन गोल्डकप

शिल्ड उचाल्दै मनाङ् मर्स्याङ्दीका खेलाडी ।

इटहरी– त्रिभुवन आर्मी क्लब काठमाडौंलाई  २–१ ले हराउँदै शनिबार सुनसरीको दुहबीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । दर्शकको बाक्लो जमघट रहेको खेलको १७औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पहिलो गोल गरे पनि २६औं मिनेटमा मनाङ मर्स्याङ्दीका विशाल राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । 
खेलको ५९औं मिनेटमा मनाङका विमल रानाले गरेको गोल नै निर्णयक बन्यो । यसअघि चर्च ब्वाइज क्लब काठमाडौंलाई ५–२ ले पराजित गर्दै मनाङ फाइनलमा पुगेको थियो थियो भने अग्नि रूपन्देही एघारलाई ४–० गोलअन्तरमा हराउँदै आर्मीले फाइनल यात्रा सुरक्षित गरेको थियो । 
जितसँगै मनाङले चार लाख रुपियाँ प्राप्त ग¥यो भने उपविजेता आर्मीले दुई लाख रुपियाँ हात पा¥यो । फाइलनमा मनाङका विशाल राई म्यान अफ दी म्चाच घोषित भए । उनलाई नगद पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट गोलरक्षक मनाङक दिनेश थापा मगर भए भने मनाङकै पेट्रिकलाई उत्कृष्ट डिफेन्सका रूपमा पुरस्कृत गरियो । उनीहरू दुवैलाई जनही दस हजार रुपियाँसहित मेडल र प्रमाणपत्र दिइयो । 
उत्कृष्ट मिडफिल्ड आर्मीका भरत खवास, उत्कृष्ट फरवार्ड मनाङका अनिल गुरुङ र उत्कृष्ट कोच छिरिङ लोपसाङले जनही नगद दस रुपियाँ प्राप्त गरे । खेलको उत्कृष्ट राइजिङ खेलाडी एलेभेन एरोज क्लब दुहबीका श्रीजित कार्कीलाई नगद पाँच हजार प्रदान गरियो । सर्वाधिक ३ गोल गरेका  आर्मीका नवयुग श्रेष्ठले १५ हजार रुपियाँ प्राप्त गरे ।
सर्वोत्कृष्ट खेलाडी मनाङ मर्स्याङ्दीका सुजल श्रेष्ठलाई २५ हजार नगद र अनिल गुरुङलाई ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गरियो । प्रतियोगितामा विजयी खेलाडीलाई पूर्वमन्त्री तथा एमालेका नेता भीम आचार्यले नगद, मेडल र प्रमाणपत्र प्रदान गरे । 

 

प्रकाशित: २ पुस २०७४ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App