३१ भाद्र २०८३ बुधबार
image/svg+xml

विवरण सङ्कलन समिति गठन

भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ। मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ।

मानवअधिकार संस्कृति निर्माणमा प्रदेश सरकार प्रतिबद्ध

सुदूरपश्चिम प्रदेश सरकारलाई मानवअधिकार संस्कृति निर्माणमा प्रतिबद्ध बन्दै संविधान, कानुन तथा अन्तरराष्ट्रिय मानवअधिकारसम्बन्धी सन्धि, महासन्धि र सम्झौताबाट सिर्जित दायित्व कार्यान्वयन गर्न आग्रह गरिएको छ।

सुन र चाँदीको मूल्य बढ्यो

बुधबार चाँदी प्रतितोला ८५ रुपैयाँ बढेर चार हजार ६८५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

दल बदलेपछि दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो।

‘एमालेले ग्यास लुकायो’ हल्लापछि पोखरेलको प्रश्न : यो नांगो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?

‘एमालेले ग्यास लुकायो’ भन्ने आरोपपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न गरेका छन्।

विपद्‍मा स्वयंसेवकको भूमिकामा अब्बल नेपाली

विपद्‍मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन्।

सरकारले फोहोर व्यवस्थापनदेखि ६ महिने प्रसूति बिदासम्मका विधेयक ल्याउँदै

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फोहोरमैला व्यवस्थापन र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी दुई विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएकी छन्।

गाँजाजस्तो देखिने पदार्थसहित सिरहामा एम्बुलेन्स नियन्त्रणमा, चालक फरार

सिरहामा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सका चालक भने फरार भएका छन्।

जो राम्रोसँग सुत्छ, उसैले २२ लाख जित्छ

प्रतियोगितामा दौडने, हाम फाल्ने वा तौल उठाउने होइन, सहभागीले ९० मिनेटसम्म सकेसम्म राम्रो निद्रा लिनुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्