५ कार्तिक २०८१ सोमबार
image/svg+xml

सात प्रदेशका यी अस्पतालमा जलनको निःशुल्क उपचार

जलन सेवा भएका अस्पतालबाट तत्कालै निःशुःल्क सेवा दिइनेछ। यो सेवा नभएका अस्पतालमा सेवा थप गरी निःशुल्क प्रदान गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।

रारामा कोप २९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न

मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ।

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ।

ज्वलनपीडितको निःशुल्क उपचारमा सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्री पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताए।

महिला स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

महिला स्वास्थ्य स्वयंसेविकाले अब आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्।

अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभरका बालबालिका आज र भोलि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पर्यटनमन्त्रीद्वारा कोषका पदाधिकारीको राजीनामा माग

पशुपति धर्मशालाको विषयमा पर्यटन मन्त्रालयसँग समन्वय नराखेको भन्दै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूसँग असन्तुष्ट भएका छन्।

जलवायु परिवर्तन विश्वभर गम्भीर चुनौती बनिसकेको छः मन्त्री ठकुरी

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तन विश्वभर गम्भीर चुनौती बनिसकेको बताएका छन्।

२०४५ सम्म हरितगृह ग्यास उत्सर्जन घटाउनमा सरकार प्रतिबद्धः मन्त्री राणा

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले गत असोज ११ र १२ गते आएको बाढी र पहिरो जलवायु परिवर्तनको प्रत्यक्ष असर रहेको बताएकी छिन्।

नेपालद्वारा लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली आक्रमणको निन्दा

नेपालले लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली पक्षले गरेको आक्रमणको निन्दा गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ।

स्नातकोत्तर तहको अध्यापनको लागि शिक्षक दरबन्दी थप्ने निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा शिक्षा स्नातकोत्तर तहमा नर्स तथा चिकित्सा अध्यापनको लागि शिक्षक दरबन्दी थप्ने निर्णय गरेको छ।

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ ।

विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धारः गृह मन्त्रालय

गृह मन्त्रालयले मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्