हिमपातले रोकेन चुनावी प्रचार: हिउँसँग लुकामारी गर्दै मतदाता भेट्दै जुम्ली उम्मेद्वार
कठ्याङ्ग्रिने चिसोका बीच केही मानिसहरू झोला बोकेर, बाक्ला लुगा र मफलर बेरेर गाउँतिर लागिरहेका छन्। उनीहरू पर्यटक होइनन्, चुनावी उम्मेदवार हुन्। मतको खोजीमा उनीहरू घरदैलो अभियानमा जुटेका छन्।

