साधारण शेयर बिक्रीका लागि अनुमति
सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो। त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका कूल २५ जनाको नाम हटाएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ।
सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना सैनिक परिचालन गर्ने निर्णय गरेको छ।
निर्वाचनका बेला सबैभन्दा बढ्ता महत्त्व तिनै व्यक्तिको हुन्छ, जो मत दिन तयार छन्। विभिन्न भाका र बान्कीका उम्मेदवार आफूलाई मत दिन तिनीहरूकहाँ पुग्छन्। उम्मेदवारले मत माग्न जानु स्वाभाविक हो।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक तथा सामाजिक विकासमा विदेशमा रहेका नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
मोरङमा मतदाताको गोपनीयता भङ्ग हुने गरी ‘कसलाई मतदान गर्ने?’ भनी प्रश्न सोध्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले रोक लगाएको छ।
यी र यस्ता गुनासा हरेक वर्ष स्वास्थ्य बिमा कार्यक्रमका सन्दर्भमा उठ्ने गरेका छन्। यस्ता गुनासा सुन्दा उपचारमा सहजता दिलाएर दीनदुःखीलाई रोगमुक्त पार्ने उद्देश्य बोकेको बिमा कार्यक्रम नै असहजताको रोगले थलिँदै गएको आभास हुन थालेको सरोकारवाला बताउँछन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई समन्वय गर्न निर्देशन दिएको छ।
सिरहामा पार्टीका केन्द्रीय पदाधिकारीसहित चार जना नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ।
खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेका तीर्थयात्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १०० जना निर्वाचन प्रहरी छिमेकी जिल्ला बागलुङमा पठाइएको छ।
प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये ३८ लाख ७७ हजार ७२४ सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।