बन्दीपुरमा पर्यटक : घुम्न आउने बढे, बस्ने घटे
जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ। यो मौसममा यहाँ आउने आन्तरिक पर्यटक बढेपनि बास बस्नेको सङ्ख्यामा कमी आएको हो।