नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ /छ, झापा र मोरङबाट तीन/तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई/दुई र सिरहाबाट एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन र डाइजेपाम बरामद गरेको छ।
प्रकाशित: ३२ असार २०८३ १४:४७ बिहीबार




-600x400.jpg)
