३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन्।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका ३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बूढानीलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका ८ घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल पक्राउ परेका हुन्। 

वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भएका खड्का फरार रहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। 

जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ल बूढानीलकण्ठबाट पक्राउ परेका हुन्। आवश्यक कारबाहीका लागि खड्कालाई वैदेशिक रोजगार विभाग र मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। 

प्रकाशित: ३२ असार २०८३ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App