२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडेको माछा नियन्त्रणमा लिई नष्ट

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा बिक्री गर्न राखिएको सडेको माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ।

तामाकोसीमा माछा घटे !

सिंगटी, बन्चरे, नयाँपुल, किर्नेलगायत नदी किनाराका बजार क्षेत्र माछा पाइने ‘हब’ का रुपमा चिनिए पनि अहिले पहिले जस्तो माछा पाइन छाडे

तामाकोसीमा माछा घटे, कारण खोज्दै विज्ञटोली

नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ। केही वर्षअघिसम्म बाह्रैमास यो नदीमा माछा पाइन्थे। केही वर्षयता नदीमा डोजर प्रयोग, पहिरो साथै जलविद्युत् आयोजनाका कारण माछा घटेको आशंका छ।

२० क्विन्टल माछा नष्ट

एकडारा गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको पोखरीमा गए राति अज्ञात व्यक्तिले विषादी हालिदिँदा २० क्विन्टल माछा नष्ट भएको छ।

धम्पुसमा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउने तयारी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाइने भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ सुन्दरीडाँडामा सेमी हाइ अल्टिच्युड फुटबल मैदान बनाउने तयारी भएको हो।

अज्ञात व्यक्तिद्वारा माछापोखरीमा विष हाल्दा क्षति

अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकमबराबरको क्षति भएको हो।

सिँचाइ र जलविद्युत् आयोजनाले माछा विनाश तीव्र

नेपालमा निर्माण हुने सिँचाइ र जलविद्युत् परियोजनाका कारण यहाँका खोलानालामा माछा सकिँदै गएको पाइएको छ। एसियाली विकास बैंक (एडिबी)ले गरेको एक अध्ययनले यस्तो संकेत गरेको हो। उक्त अध्ययनले नेपालका खोलानालाका माछा जोगाउने हो भने जलविद्युत् र सिँचाइ परियोजना निर्माण गर्दा विशेष उपाय अपनाउन सुझाएको छ।

माछापुच्छ्रे बैंकको तीन शाखा थपियो

माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशूली र टिमुरेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकिसिनवारी शाखा चैत २४ गते, नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशूली शाखा चैत २५ र रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे शाखा मंगलबारबाट सञ्चालनमा ल्याएको हो।

सुनकोसी नदीमा एक बेपत्ता

सिन्धुलीको सुनकोसी नदीमा डुबेर एक जना बृद्ध बेपत्ता भएका छन्। गोलन्जोर गाउँपालिका ६ बलेनी निवासी ६१ बर्षीय प्रेमबहादुर श्रेष्ठ सुनकोसी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिउँ बिलाउनुअघि...

माघ अन्तिम साता परेको झरीले वर्षौपछि पोखरा नजिकैका गाउँ हिउँले सेताम्मे थिए। माछापुच्छ्रे पनि वर्षौपछि पूर्ण रूपमा ढाकिएको थियो। धेरै दिनदेखि धुलाम्मे पोखरा झरीपछि भर्खरै स्नान गरेकी कुमारीजस्तै देखिन्थी।

माछापुछ्रे एनएमबि क्यापिटलबीच सम्झौता

माछापुछ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच १०.२५ प्रतिशत माछापुछ्रे डिबेच्चर–२०८५ का  लागि सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जेश घिमिरेले हस्ताक्षर गरेका छन्।

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। माछा मार्न बम हान्दा एक जना गम्भिर घाईते भएका छन्।

माछापुच्छ्रे प्रदर्शनीमा सिर्जनशीलता

विद्यार्थी केन्द्रित शिक्षण विधिले मात्र विद्यार्थीमा सिर्जनशीलता ल्याउँछ नकि घोकन्ते सिकाइले । नवीनतम सिकाइ विधिले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्छ । स्कुलले आयोजना गर्ने प्रदर्शनी (एक्जिबिसन) महत्वपूर्ण क्रियाकलाप हो । यस्ता प्रदर्शनीका माध्यमबाट विद्यार्थीले अभिभावक, अतिथि र सम्पूर्ण शिक्षकवर्गमा आफूभित्रको क्षमता देखाउने मौका पाउँछन् ।

त्यो गुराँसे माला

काठमाडौंको कोलाहल। धुवाँधुलो। बिहान कलेज आएपछि फेरि समाचारका लागि रिपोर्टिङमा कुदाकुद। कहिलेकाहीँ बाहिर घुम्न पाए हुन्थ्यो नि ! भन्ने सोचिरहेको थिएँ। नभन्दै कुटुम्ब कलेजबाट शैक्षिक भ्रमण जाने सल्लाह भयो। ठाउँ पनि पोखरा, लुम्बिनी, पाल्पा, लम्जुङ। अहो ! ठाउँ सुन्दै कहिले पुगौंला भन्ने लाग्यो। राति सुत्दा समेत रमाइलो गर्ने योजना बनाउने गर्थें म। फागुन २० गतेबाट हाम्रो घुमफिर सुरु भयो। स्नातक तह प्रथम वर्ष र दोस्रो बर्ष गरी १८ विधार्थी, सामाजिक कार्य विषयका शिक्षक लोकनाथ दुलाल र अंग्रेजी विषयकी शिक्षिका मेमलत्ता नेपाल गरी २० जना थियौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्