२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछापुछ्रे एनएमबि क्यापिटलबीच सम्झौता

काठमाडौं– माछापुछ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच १०.२५ प्रतिशत माछापुछ्रे डिबेच्चर–२०८५ का  लागि सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जेश घिमिरेले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार माछापुछ्रे बैंक लिमिटेडको तीन अर्ब ऋणपत्र निष्कासनका लागि सम्पूर्ण काम निष्कासन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ। 

ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरिसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ। नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिई बैंकले बिक्रीको लागि आवेदन खुला गर्नेछ। ऋणपत्रको अवधि १० वर्ष रहने जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल स्टक ऐक्सचेन्जमा सूचीकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिने जनाएको छ। 

प्रकाशित: १५ चैत्र २०७५ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App