संसद्मा प्रधानमन्त्रीलाई कांग्रेसको अवरोध (तस्बिरसहित)
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।
त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने छ। कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गरेका छन् ।
प्रतिपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्न दिने भएका छन् ।
सरकार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन तयार भएपछि रणनीति बनाउन प्रतिपक्षी दलको बैठक बसिरहेको छ ।
आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।
संसद सचिवालयले बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकेको थियो। तर, बैठक सुचारु हुन समय लाग्ने भएको छ।
कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक केहीबेर अघि सुरु भएको हो।
आज बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी छानबिनमा संसदीय समिति गठन हुनुपर्ने मागलाई यथावत राख्दै आजको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। बैठक अहिले बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कुनै पनि राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्।