१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै: गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची, के होला आजको बैठक?

क्याप्शन

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने छन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।

त्यस्तै आजको बैठकमा राष्ट्रपतिलाई सभामुखले धन्यवाद दिने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व.२०७९÷८० पेश गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने छन्।

आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

प्रतिपक्षी नेपाली कांग्रेसको लगातारको अवरोधका कारण अवरुद्ध हुँदै आएको संसद बैठक आज नियमित सुचारु हुने अपेक्षा गरिएको छ। सहकारी विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति भइसकेपछि आजको संसद नियमित सुचारु हुने अपेक्षा गरिएको हो। 

प्रकाशित: ६ जेष्ठ २०८१ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App