६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। बैठक अहिले बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने छ।

बैठकमा प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय हुने बताइएको छ।

कांग्रेसको अवरोधका कारण विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। तर, कांग्रेसको मागलाई सत्ता साझेदार दलहरूले मानेका छैनन्। 

प्रकाशित: ४ जेष्ठ २०८१ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App