२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक जारी

फाइल तस्बिर

सरकार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन तयार भएपछि रणनीति बनाउन प्रतिपक्षी दलको बैठक बसिरहेको छ ।  

नेपाली कांग्रेसको नेतृत्वमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसेको हो । प्रतिनिधिसभा बैठक बस्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाका नेतासँग छलफल गरेका हुन् ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनु पर्ने कांग्रेसको मागमा विपक्षी दलले पनि साथ दिइरहेका छन् । छानबिन समितिको कार्यादेशबारे छलफल गर्न सत्ता र प्रतिपक्षी सम्मिलित कार्यदलको बैठक पनि बसेको छ ।  

 

प्रकाशित: ६ जेष्ठ २०८१ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App