१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, कांग्रेसको अवरोध पछि गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची हटाइयो

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बिहीवारको बैठक विपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएपछि आज बस्न लागेको हो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै सभामुखले जेठ १ गते संसदमा सम्बोधनको लागि धन्यवाद दिने कार्यक्रम पनि तय गरिएको छ।

संसद सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने छन् भनृ उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछन्।

यसअघि बिहीवारको बैठकमा गृहमन्त्री लामिछानेको रोष्ट्रममा जाने कार्यसूची तय गरिएको थियो। सभामुखले उनलाई रोष्ट्रममा जान भनेपछि बिहीवारको बैठकमा विपक्षी आक्रामक बनेका थिए। बिहीवारको बैठकको अवस्थालाई ध्यानमा राखेर आजको बैठकमा गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची नै हटाइएको छ। 

संसद बैठकको समय र कार्यसूची तोकिए पनि आजको बैठक बस्ने वा फेरि स्थगित हुने टुङ्गो छैन। प्रतिपक्षी कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवी लामिछाने सहकारी प्रकरणमा मुछिएका कारण संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ।

प्रकाशित: ४ जेष्ठ २०८१ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App