१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीलाई शेखरको जवाफः कुनैपनि राजनीतिक दलको धम्कीले कांग्रेस डराउँदैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कुनै पनि राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए।

बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए। सोही विषयलाई लिएर नेता कोईरालाले काँग्रेस कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन्।

उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे कांग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरु नमानेको आरोप लगाए।

उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरु नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको उल्लेख गरे।

यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने उनको भनाइ छ।

उनले राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने भन्दै नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाए।

नेकपा एमाले संसद विघटन गर्न र यसअघिको संसद विघटन सही भएको पुष्टि गर्ने पक्षमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाउँदै उनले अर्को फरक प्रसंगमा जनता समाजवादी पार्टी, नेपाल फुटेको नभइ फुटाइएको बताए।

प्रकाशित: ३ जेष्ठ २०८१ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App