आर्थिक विकास गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालको दिगो आर्थिक विकास र वित्तीय समावेशिता सुनिश्चित गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक रहेको बताएकी छन्।
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालको दिगो आर्थिक विकास र वित्तीय समावेशिता सुनिश्चित गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक रहेको बताएकी छन्।
हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिनाब्याजको ऋण पाउने भएका छन्। कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजको ऋण दिने व्यवस्था मिलाएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान सुरु गर्ने बताएका छन्।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन्। यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ।
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया सुरु भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ।
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ।
जुम्लाको गुठिचाैर-५ देपालगाँउका ५१ वर्षका बिर्खबहादुर नेपालीले अर्गानिक जडीबुटी चिया खेतीलाई आयआर्जनको माध्यम बनएका छन्। आफ्नो घर नजिकैको जमिनमा चिया खेती गरेर दैनिक गुजारा चलाउनेदेखि बेच्ने गरेकाे उनी बताउँछन्।
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ। उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो।
हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ।
कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो। प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि भएको हो।
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो।