१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चीन महाशक्ति राष्ट्रको रूपमा उदाउँदै

नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले चीन अबको केही वर्षमा विश्वको महाशक्ति राष्ट्रको रूपमा उदाउने बताएका छन्। काठमाडौंमा शनिबार ‘सी जिनपिङ विचारधारा र बिआरआई : के विश्व व्यवस्था बदलिँदैछ ?,’ भन्ने बहसमा उनीहरूसो कुरा बताएका हुन्।

भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव

सरकारले चालु आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरेको तथा राष्ट्रपति–चुरे तराई मधेस संरक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरे। यस्तै उनले वातावरणीय परिवर्तनले ल्याएका चुनौतीको सामना गर्न अनूकुलनका कार्यक्रमहरु अघि सारिएको बताए।

ठूला आयोजनामा बजेट दोब्बर, जनशक्ति पुरानै

गएको आर्थिक वर्ष पाँच अर्ब रुपैयाँ विनियोजन गरिएको हुलाकी सडकमा यो वर्ष सरकारले १३ अर्ब ६३ करोड रुपैयाँ छुट्ट्याएको छ।

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

कतिपय अस्पतालमा उपकरण छन् तर जनशक्ति छैन। पूर्वाधार पर्याप्त भएकामा विशेषज्ञ चिकित्सक छैनन्। प्राय अस्पतालमा निःशुल्क पाइने औषधी पनि छैन। सरकारी अस्पतालमा उपचार नपाएपछि बिरामी भने महँगोमा निजीमा उपचार गराउन बाध्य छन्।

जनशक्ति अभावले महिला लक्षित निःशुल्क लोकसेवा कक्षा बन्द

कृषि विकास बैंक जागिर खाने कोसिसमा रहेकी नेपालगन्जकी अंकिता केसी काठमाडौं आई निजी स्तरबाट सञ्चालित लोकसेवा तयारी कक्षा लिइरहेकी छिन्। अहिलेसम्म उनको २० हजार रुपैयाँ खर्च भइसकेको छ। महिला विकास अधिकृत बन्न लोक सेवा भरेकी तेह्रथुमकी ममता अर्याल पनि तयारी कक्षामा जुटिरहेकी छिन्। उनले पनि तयारीकै लागि ३५ हजार रुपैयाँ खर्च गरिसकेकी छन्। लोकसेवा तयारी कक्षाकै लागि भनेर काठमाडौं आउने अंकिता र ममता मात्र होइनन्, अरू धेरै छन्।

सोना शक्ति चामल अखाद्य नभएको पुष्टि

अखाद्य वस्तु मिसिएकोे आशङ्कामा गोरखामा बिक्रीका लागि रोक लगाइएको सोना शक्ति चामल गुणस्तरयुक्त भएको पाइएको छ।

‘राजालाई भेटेर नाक यत्रो फैलाउनेहरु परिवर्तनको विरुद्धमा अपराध गर्दैछन्’

नेकपाका सांसद रामनारायण विडारीले गणतन्त्र, संघीयता, संविधानविरुद्ध राजावादी शक्तिहरु सल्बलाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

कृषि विश्वविद्यालय सुधार्न

विश्वविद्यालयले दश वर्षमा देश विकासमा कृषि क्षेत्रले अनुसन्धान र जनशक्ति विकासबाट गर्न सक्ने योगदानबारे आफ्नो दूरदृष्टिकोण, रणनीति र कार्यनीति प्रस्तुत गर्नुपर्ने थियो। तर यो त गरेन नै, बरु विवाद र द्वन्द्वबाट झन् झन् रुग्ण हुँदै गयो।

‘सहर हरियाली बनाउने अभियानमा साथ दिनुस्’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरहरूलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन्।

सांसद किँराती भन्छन् : बेथितिले सीमा नाघ्यो, सहने शक्ति कहाँबाट आर्जन गरौं ?

सांसद सुदन किराँतीले सबै तर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सीमा नाघेको बताएका छन्। संसदको शून्य समयमा बोल्दै उनले भने, 'बेथितिले सीमा नाघ्यो सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’

ताइवानमा ५.९ रेक्टरस्केलको भूकम्प

ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ।

सोनाशक्ति चामलको गुणस्तरमा आशंका, ल्याब पठाइयो

गोरखा सदरमुकामस्थित विपिचोक नजिकैको एक घरमा उपभोगका लागि ल्याइएको रिपुराज एग्रो प्रालिले उत्पादन गरेको सोनाशक्ति चामल खान योग्य नभएको आशंकापछि चेकजाँच गर्न ल्याब पठाइएको छ।

विश्वविद्यालय किन असफल ?

आगामी महिनादेखि देशका विभिन्न सातवटा विश्वविद्यालय नेतृत्वविहीन हुँदैछन्। परिणामतः सामाजिक सञ्जालदेखि मिडियासम्म नयाँ नियुक्तिका बारेमा चर्चा भइरहेको छ। उच्च शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा रहेका विश्वविद्यालयको नयाँ नेतृत्व चयनमा सरकारले राजनीतिक भागबन्डा र कार्यकर्ता भर्तीको पुरानै परम्परा पछ्याउँछ वा क्रमभङ्ग गरेर नयाँ कोर्स सुरु गर्छ हेर्न बाँकी नै छ। हाल मिडियामा उपकुलपतिका लागि चर्चा भएका नामको आधारमा विश्लेषण गर्ने हो भने परिवर्तनको आशा गर्न सकिँदैन। बरु उच्च शिक्षा थप धराशायी हुने र समृद्ध नेपालको सरकारी सपना तुहिने निश्चित देखिन्छ।

क्यानभासमा नारी शक्तिको सम्मान

वर्षासँगै नेपालका अधिकांश क्षेत्रका कृषकहरूलाई धान रोख्ने चटारो सुरू भएको छ। ‘मुठी रोपेर मुरी उब्जाउने’ भनाईलाई अनुसार कृषकहरूका खेतमा हलगोरु जोत्न र बाउसे तथा रोपारहरू आत्मीय भएर धान रोपाइँ गर्न व्यस्त देखिने परिवेशको बयान पुल्चोकस्थित फ्रान्सेली कला प्रदर्शनीको भित्ताहरूमा झुन्डाइएका चित्रकलाले गरेका छन्।

अष्ट्रेलियामा शक्तिशाली भूकम्प

अष्ट्रेलियाको पश्चिम शहर ब्रुममा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ६.९ म्यगनिच्युटको भूकम्प गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्